Political Hightlights

उषाकला राई र शेरबहादुर तामाङ ओली समूहमा फर्किए

हिमालय टिभी
२०७७ फागुन ८ गते १३:१६
उषाकला राई र शेरबहादुर तामाङ ओली समूहमा फर्किए

८ फागुन २०७७ काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किनुभएको छ ।

प्रचण्ड–नेपाल समूहबाट दुवैजना ओली समूहमा फर्किको प्रदेशसभा सांसद राईले बताउनुभयो । प्रचण्ड–नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि ओली समूहमा फर्किएको राईले जानकारी दिनुभयो ।

पार्टी कार्यक्रमका शिलशिलामा आफु सिन्धुपाल्चोकमा रहेको बताउँदै पूर्वमन्त्री तामाङले प्रचण्ड–नेपाल समूहको दृष्टिकोण गलत भएकाले आफुले केपी ओलीलाई साथ दिने निश्कर्षमा पुगेको बताउनुभयो ।

संसद विघटन प्रधानमन्त्रीको राजनीतिक कदम भएको बताउँदै नेता तामाङले अदालतले गर्ने फैसला सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि शुरुमा तामाङ दम्पती ओली समूहको बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड–नेपाल समूहमा फर्किनुभएको थियो ।

तामाङ चुनावमा सिन्धुपाल्चोक२ बाट निर्वाचित हुनु भएको थियो । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुनुहुन्छ । राईलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्