Political Hightlights

अदालतबाट संविधानको रक्षा हुनेमा विश्वस्त छुः वरिष्ठ नेता पौडेल

हिमालय टिभी
२०७७ फागुन ७ गते १९:२१
अदालतबाट संविधानको रक्षा हुनेमा विश्वस्त छुः वरिष्ठ नेता पौडेल

७ फागुन २०७७ विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतबाट संविधानको रक्षा हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग नेता पौडेलले विगतमा राजाले गल्ती गर्दा पनि अदालतले सच्याएको स्मरण गर्दै अहिले पनि अदालतप्रति आफूलाई विश्वास रहेको बताउनुभयो ।

उहाँले संविधानको पक्षमा निर्णय नभए देश अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो।

नेता पौडेलले प्रदेश १ मा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्