आफ्नै पार्टी नेताहरुसँग कांग्रेस सभापति देउवाको यस्तो गुनासो
६ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ ।
प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ।
ओलीसँग मिलेको आरोप लगाउने काम भएको भन्दै केन्द्रीय कार्यसमितिको हिजोको बैठकमा सभापति देउवाले आफू प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कतै कहिल्यै नभनेको बताउनुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित हुनु भएको थियो ।
नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बन्नु भएको थियो ।
उहाँले आफू सर्वोच्च अदालतको फैसला स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा रहेको धारणा व्यक्त गर्नुभयो।
प्रतिक्रिया