Political Hightlights

संयुक्त आन्दोलनमा आउन कांग्रेसले फेरि गर्‍यो अस्वीकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ४ गते १८:२७
संयुक्त आन्दोलनमा आउन कांग्रेसले फेरि गर्‍यो अस्वीकार (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध नेपाली कांग्रेसलाई मनाउने कोशिस गरिरहेको छ । तर कांग्रेसले लगातार अस्वीकार गर्दै आएको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा पनि प्रचण्ड–नेपाल समूहका नेताले संयुक्त आन्दोलनको प्रस्ताव गर्दा कांग्रेस नेताले अस्वीकार गरेका छन ।

प्रचण्ड–नेपाल समूहका नेता देवेन्द्र पौडेलको प्रस्ताव कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले विश्वास गर्न नसकिने भन्दै अस्वीकार गर्नुभएको हो ।

प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चितवनमा संयुक्त आन्दोलनका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरिरहेको बताए लगत्तै कांग्रेस नेता ढुंगानाको नकारात्मक प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्