नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दै

४ फागुन २०७७ काठमाडौं । चौधौं महाधिवेशनको मिति सार्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैछ ।
कांग्रेसले यही फागुन ७ गतेदेखि १० गतेसम्मका लागि तोकेको महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न भोलि दिउँसो २ बजे बैठक बोलाइएको हो ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशील सदस्यता वितरणलगायतका विषयमा पनि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
संसद विघटनसम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि मात्रै नयाँ मिति तय गर्ने अथवा अगाडि तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।
बैठकमा संसद विघटनको विरोधमा भएको कार्यक्रमको समीक्षा पनि हुने जनाइएको छ ।
प्रतिक्रिया