Political Hightlights
ओलीले मुलुकलाई निरंकुशतातर्फ लैजान लागेको पुष्टि भएको नेता पौडेलको दाबी (भिडियो रिपोर्टसहित)
२०७७ फागुन १ गते १३:११
१ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि योजनाबद्व ढंगले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाउनुभएको छ ।
एक भिडियो सन्देश जारी गर्दै पौडेलले सरकारका पछिल्ला काम कारवाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टि हुँदै गएको बताउनुभएको हो ।
पौडेलले भिडियो अपिलमा सम्पूर्ण लोकतन्त्रवादी नागरिकलाई सरकारका गलत कामका विरुद्ध एकजुट हुन पनि आह्वान गर्नुभएको छ ।
प्रतिक्रिया