Political Hightlights

प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको प्रवक्ता श्रेष्ठको आरोप

हिमालय टिभी
२०७७ माघ २८ गते १६:५६
प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको प्रवक्ता श्रेष्ठको आरोप

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले आज काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले विकासको नारा दिएर, संविधान र लोकतन्त्रलाई उपहास गरेर, संविधानलाई औपचारिक रुपमा खारेज नगरिकन संविधानको धारा र अक्षरहरुमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरेर फाँसीवादको अभ्यास गरेको उहाँको भनाइ छ । प्रवक्ता श्रेष्ठले कुनैपनि हालतमा फाँसीवाद नसहने भन्दै फाँसीवादलाई परास्त गर्ने बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले लोकतन्त्रवादीहरु चुनावको पक्षमा भए पनि संविधान अपहरण गरेर, संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव आफुहरुलाई नचाहिएको बताउनुभयो । लोकतन्त्रलाई प्रभावकारी बनाउन, लोकतन्त्रलाई सुदृढ तथा कार्यकारी बनाउन चुनाव चाहिने उहाँको भनाइ छ । लोकतन्त्र ध्वंशं गर्ने तथा लोकतन्त्रको हत्या गर्ने चुनाव प्रतिगमनविरोधी आन्दोलन सफल बनाएर खारेज गर्ने उहाँको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले प्रतिगमनविरुद्ध संयुक्त संघर्ष गर्न पहलकदमी गरिरहेको भए पनि त्यसो हुन नसकेको बताउनुभयो । तर केपी ओलीको गुटबाहेक सबै आन्दोलनमा रहेको उहाँको भनाइ छ । आन्दोलनले संसद पुनर्स्थापना गर्ने कुरा सुनिश्चित भएको उहाँले दाबी गर्नुभयो । उहाँले पार्टीले जनाएका प्रतिबद्धताहरु केपी ओलीकोे निरंशुक, स्वेच्छाचारिताको कारणले समृद्धिको सपना पुरा गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्