Political Hightlights

प्रचण्डले भने : प्रधानमन्त्री कम्युनिष्ट पार्टीको अध्यक्ष कि हिन्दू महासंघको भन्ने प्रश्न उठ्यो

हिमालय टिभी
२०७७ माघ २७ गते १८:२९
प्रचण्डले भने : प्रधानमन्त्री कम्युनिष्ट पार्टीको अध्यक्ष कि हिन्दू महासंघको भन्ने प्रश्न उठ्यो

२७ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको भन्ने प्रश्न उठेको टिप्पणी गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीसँग आज भएको अन्तरक्रियामा प्रचण्डले प्रधानमन्त्री ओलीका क्रियाकलापले नै नेपाली जनताले त्यस्तो प्रश्न उठाएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीका पछिल्लो धार्मिक गतिविधि र राजावादीसँगको सम्बन्धले प्रश्न उठेको प्रचण्डको तर्क छ ।

नेपालमा रामको जन्म भएको विषयमा प्रधानमन्त्रीले काम गर्नुभन्दा स्टन्ट धेरै गरेको प्रचण्डले आरोप लगाउनुभयो । साँच्चिकै काम गर्ने हो भने त्यसलाई प्रमाणित गर्ने काममा लाग्न पनि प्रचण्डले प्रधानमन्त्रीलाई चुनौती दिनुभयो ।

चितवनमा राममन्दिर बने र राम नेपालमा जन्मेको प्रमाणित भए आफू सबैभन्दा बढी खुशी हुने प्रचण्डले बताउनुभयो । केही दिन अघि प्रधानमन्त्री ओलीले चितवनमा राममन्दिर बनाउन खोज्दा पनि प्रचण्ड नबोलेको भनेपछि प्रचण्डको प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्