Political Hightlights

नेकपा विवादमा नपस्न निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले दिए दबाब

हिमालय टिभी
२०७७ माघ २७ गते १७:०६
नेकपा विवादमा नपस्न निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले दिए दबाब

२७ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नै नेकपाको आधिकारिक अध्यक्ष भन्दै नेकपाको आधिकारिकता विवादमा नपस्न दबाब दिनुभएको छ ।

निर्वाचन आयोगको कार्यालय पुगेर पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले चुनावको अवधिमा आधिकारिकता विवादमा प्रवेश नगर्न दबाब दिनुभएको हो ।

प्रचण्ड–नेपाल समूहले आधिकारिकता दावी गरेको एक हप्तापछि आयोग पुगेका प्रधानमन्त्रीले यो विषयमा आयोग प्रवेश नै गर्न नमिल्ने तर्क गर्नुभयो । पुस ५ गतेअघि नेकपामा कुनै विवाद ननिस्किएको, आफुले ६४ प्रतिशत मतसहित संसद विघटन गरेको र चुनाव घोषणा भएको १ सय २० दिनभित्र पार्टीभित्रका विवादमा आयोग पस्न नमिल्ने प्रधानमन्त्री ओलीको दावी छ ।

उपचुनाव र राष्ट्रियसभाको चुनावमा आफूले एकल हस्ताक्षरमा उम्मेदवार सिफारिस गरेको र पार्टीको पहिलो अध्यक्ष भएकाले आधिकारिक भएको प्रधानमन्त्रीले तर्क गरेको आयोग स्रोतले जनाएको छ ।

पुस ५ गतेपछि केही मान्छे पार्टीबाट बाहिरिएको प्रधानमन्त्रीको तर्क छ । पुस ५ गते पार्टीको कुनै बैठक नबसेको पनि ओलीको दावी छ ।

प्रधानमन्त्री तथा देशको प्रमुख पार्टीको अध्यक्ष दलविहीन कसरी हुन्छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि कानून र तथ्यका आधारमा नेकपाको आधिकारिकता र आफ्नो वैधानिकतामाथि प्रश्न उठ्न नसक्ने जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्