आर्थिक

कृषिमा विदेशी लगानी, किन भयो विरोध ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते २०:३४
कृषिमा विदेशी लगानी, किन भयो विरोध ? (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ काठमाडौं । सरकारले कृषिमा वैदेशिक लगानी खुला गरेपछि निजी क्षेत्र सशंकित भएको छ । ५० करोड रुपैयाँभन्दा बढीको लगानी गर्ने वैदैशिक लगानीकर्ता आउने बाटो खुल्ला गरेसँगै साना तथा मझौता कृषि उद्योगी यसको विरोधमा देखिएका छन् । तर सरकारले भने कृषिमा ठुलो लगानी आउने र ७५ प्रतिशत निर्यात गर्नुपर्ने भएकाले कुनै समस्या नहुने दाबी गर्दै आएको छ ।

सरकारले कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरुमा बैदेशिक लगानी ल्याउनेगरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन– २०७५ को अनुसूची परिर्वतन गरेको छ । तर कृषि क्षेत्रमा लगानी गरेका उद्योगी ब्यवसायीले अनुसुची परिवर्तनको बिरोध गरेका छन । उनीहरुले कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउँदा साना तथा मझौता कृषि उद्यमी पलायन हुने भन्दै कुनै पनि हातलमा कृषि क्षेत्रमा बैदेशिक लगानी ल्याउन नहुने बताइरहेका छन । कृषिमा विदेशी लगानी ल्याउँदा नेपालको कृषि क्षेत्र पुरै विदेशीलाई हस्तान्तरण गरे सरह हुने उद्योगीको भनाइ छ ।

सरकारले तयार गरेको नयाँ अनुसूचीमा कृषिका प्राथमिक उत्पादनका क्षेत्र पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, दुग्ध लगायतका ५० करोड भन्दा बढी लगानी हुने व्यवसायमा विदेशी लगानी ल्याउन पाउने व्यवस्था गरेको छ । र यसले नेपालका कृषकहरुको रोजगारीमा समेत ठुलो असर पर्ने उद्योगीको दावी छ ।

तर सरकारले भने कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्रयाउन लागिएको जनाएको छ । ५० करोडभन्दा बढी लगानी गर्ने तथा आफैँले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्ने गरी विदेशी लगानी भित्र्याउने हुँदा यसले साना उद्योगी र व्यवसायीलाई अप्ठ्यारो नपर्ने दाबी सरकारको छ ।

कृषिमा आत्म निर्भर हुन लागेका कृषि उद्यमीहरुले कृषि क्षेत्रमा विदेशी लगानी आउँदा यसको दीर्घकालिन असरको विषयमा अध्ययन हुन आवश्यक छ । एकातिर कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने भनेर कृषि कर्जा तथा सहुलियत एवं अनुदान दिने अर्को तर्फ कृषिमा वैदेशिक लगानी भित्राउनका ऐन परिवर्तनले नेपालको कृषि क्षेत्र कता लैजान खोजिएको हो भन्ने प्रश्न उब्जिएको छ ।
भिडियोका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *