Political Hightlights
प्रधानमन्त्री ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बचेको आरोप (भिडियो रिपोर्टसहित)
२०७७ माघ २५ गते १९:१८
२५ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बेचेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा भएको आफू निकट मजदुर संगठनको कार्यक्रममा नेपालले प्रधानमन्त्री ओलीले मदन भण्डारीको उत्तराधिकारी दावी गरेपनि त्यो स्वार्थ सिद्धिका लागि मात्रै भएको टिप्पणी गर्नुभयो ।
नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा भएको कार्यक्रम असफल भएको नेपालले टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले दलाल पूँजीवादलाई प्रश्रय दिएको नेपालले आरोप लगाउनुभयो ।
प्रतिक्रिया