Political Hightlights

विगतमा भएका गल्ती सच्याएर अघि बढ्ने प्रचण्ड–नेपाल समूहको प्रतिबद्धता

हिमालय टिभी
२०७७ माघ २५ गते १५:०७
विगतमा भएका गल्ती सच्याएर अघि बढ्ने प्रचण्ड–नेपाल समूहको प्रतिबद्धता

२५ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले विगतमा भएका गल्ती सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

आन्दोलनमा जनतालाई आकर्षित गर्ने कोशिस गर्दै प्रचण्ड–नेपाल समूहले विगतमा गरेको गल्ती सुधार्ने प्रतिबद्धता जनाएको हो । माघ २८ गते काठमाडौंमा हुने जनसभाको प्रचार गर्दै जारी गरिएको भिडियो सन्देशमा प्रचण्ड(नेपाल समूहको मूल नेतृत्वले विगतको समीक्षा गर्ने गल्ती सच्याउने प्रतिबद्धता जनाएको छ । अध्यक्ष माधवकुमार नेपालले विगतमा गल्ती भएकाले सच्याउने बताउनुभएको छ ।

नागरिक समाजले विगतमा गरेका गल्ती सुधार्ने प्रतिबद्धताका साथ अघि नबढेसम्म आन्दोलनमा साथ नदिने बताइरहेका बेला प्रचण्ड–नेपाल समूहको प्रतिबद्धता आएको हो । भिडियो सन्देशमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ गतेको जनसभा प्रतिगमन सच्याउने अभियान भएको बताउनुभएको छ ।

पार्टी विभाजन भएसँगै नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबीच शक्ति प्रदर्शनको होड चलिरहेको छ । प्रचण्ड–नेपाल समूहले माघ १४ गते र ओली समूहले २३ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्