Political Hightlights

देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा नेता पौडेलको जोड

हिमालय टिभी
२०७७ माघ २४ गते १३:०९
देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा नेता पौडेलको जोड

२४ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिनुभएको छ ।

तनहुँको दमौलीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त हुने बताउनुभयो । कांग्रेसले हैसियत र उत्तरदायित्व बुझेर अगाडि बढ्नुर्नेमा जोड दिँदै नेता पौडेलले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो । आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा आफूहरु रहेको भन्दै संयुक्त आन्दोलनको बारेमा अहिले नसोचिएको उहाँको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताउनुभयो । पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले तत्काल क्रियाशील सदस्यता टुङ्गो लगाएर अधिवेशन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्