Political Hightlights
‘ओली आइ लभ यू’ भन्दै बन्दको विरोधमा ओली समूहको प्रदर्शन
२०७७ माघ २२ गते १८:५१
२२ माघ २०७७ काठमाडौं । बन्दको विरोध गर्दै नेकपाको ओली समूहले काठमाडौंमा आज जुलुस निकालेको छ ।
ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा प्रदर्शनी मार्गबाट निस्किएको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
आज गरिएको बन्द हडताल र भोलि हुने सभाको तयारीका क्रममा युवा विद्यार्थीको जुलुस निस्किएको नेता बस्नेतले बताउनुभयो । सहभागीले केपी ओली आइलव यु भन्ने नारा लगाएका थिए ।
ओली समूहले भोलि दिउँसो काठमाडौंमा जनप्रदर्शन र सभा आयोजना गरेको छ ।
प्रतिक्रिया