Political Hightlights
नेकपा प्रचण्ड–नेपाल समूहले भोलिका लागि आम हड्ताल घोषणा गर्ने
२०७७ माघ २१ गते १३:००
२१ माघ २०७७ काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
पेरिसडाँडामा दिउँसो २ बजेका लागि आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचण्ड नेपाल समूहकी स्थायी समिति सदस्य पम्फा भुसालले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा विघटनपछि चरणबद्ध आन्दोलनमा होमिएको यो समूहले पत्रकार सम्मेलनमार्फत आमहड्तालको घोषणा गर्ने तयारी गरेको छ ।
प्रचण्ड नेपाल समूहले पर्सी ओली समूहले काठमाडौंमा गर्ने जनप्रदर्शनलाई लक्षित गरी भोलि नै देशभर आमहडताल घोषणा गर्ने तयारी गरेको छ ।
यस्तै संवैधानिक निकायमा गरिएका नियुक्ति लगायतका विषयमा पनि उसले आफ्नो धारणा सार्वजनिक गर्दैछ ।
प्रतिक्रिया