Political Hightlights

संविधानमाथि प्रधानमन्त्री ओलीले आतंककारी हमला गरेः नेता महतो

हिमालय टिभी
२०७७ माघ २० गते १७:२१
संविधानमाथि प्रधानमन्त्री ओलीले आतंककारी हमला गरेः नेता महतो

२० माघ २०७७ विराटनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाउनुभएको छ ।

विराटनगरमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा नेता महतोले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम संवैधानिक व्यवस्थामाथिको आतंककारी हमला भएको दाबी गर्नुभयो ।

नेता महतोले संसद पुनर्स्थापना र आमनिर्वाचनमा दुवै समस्याको सामाधान नभएको जिकिर पनि गर्नुभयो । उहाँले जनताको एजेन्डा संविधानमा ग्यारेण्टी नभएसम्म लोकतान्त्रिक गणतन्त्र नाम मात्रको हुने टिप्पणी पनि गर्नुभयो ।

नेता महतोले अहिलेको संविधान नेताहरुको स्वार्थका निमित्त मात्र लेखन गरिएकाले अब जनताको भावना र पूर्ण अधिकारसहित संविधानमा पुनर्लेखन आवश्यक रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्