Political Hightlights

प्रधानमन्त्री ओलीलाई प्रचण्ड समूहका नेता भीम रावलले फर्काए यस्तो जवाफ (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ १७ गते १९:०४
प्रधानमन्त्री ओलीलाई प्रचण्ड समूहका नेता भीम रावलले फर्काए यस्तो जवाफ (भिडियोसहित)

१७ माघ २०७७ धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता डाक्टर भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काउनु भएको छ ।

गत पुस २४ गते धनगढीमा पुगेर प्रधानमन्त्री ओलीले रावललाई आफुले राजनीतिमा ल्याएको केटो भनि टिप्पणी गर्नुभएको थियो । धनगढीमै आज भएको प्रचण्ड–नेपाल समूहको कार्यक्रममा नेता रावलले प्रधानमन्त्री ओलीलाई जवाफ दिनुभयो ।

प्रधानमन्त्री ओलीले रावललाई सुदूरपश्चिम प्रदेशको समस्या भएको र मान्छेभन्दा ठूला कुरा गर्ने पनि भन्नु भएको थियो । रावलले जवाफ फर्काएको सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई प्रधानमन्त्री ओलीको दलाल भएको आरोप लगाउनुभयो ।

यसअघि प्रचण्डका विश्वास पात्र मानिने भट्ट पछिल्लो समय ओली समूहमा लाग्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्