Political Hightlights

तोकिएकै मितिमा चुनाव हुन्छः प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ माघ १७ गते १७:४८
तोकिएकै मितिमा चुनाव हुन्छः प्रधानमन्त्री ओली

१७ माघ २०७७ काठमाडौं । नेकपा ओली समूहले आज प्रचण्डको गृहजिल्ला चितवनमा शक्ति प्रदर्शन गरेको छ ।

सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ । आज छोटो सम्बोधन गरेका प्रधानमन्त्री ओलीले मुलुक तिब्र गतिमा विकासको गतिमा अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले वैसाखमा तोकेकै समयमा चुनाव हुने दाबी पनि गर्नुभयो ।

चार जना मन्त्री र एकजना राज्यमन्त्रीसहित प्रधानमन्त्री ओली चितवन पुग्नुभएको हो । सभामा गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड नेपाल पक्ष पनि अब आत्मालोचना गरेर आफुहरुसँग मिल्न आउनुपर्ने तर्क गर्नुभयो ।

सभा अघि प्रधानमन्त्री ओलीले पुल्चोक–गोन्द्राङ ६ लेन सडक र भरतपुरमा निर्माणाधिन सिटी हलको शिलान्यास गर्नुभयो । प्रधानमन्त्री ओलीको विरोधमा प्रचण्ड नेपाल समूह आवद्ध युवा विद्यार्थीले टायर बालेर विरोध गरेका थिए ।

भरतपुर महानगरपालिकाले आफुहरुसँग समन्वयन नगरी आयोजना शिलान्यास गरिएको भन्दै कार्यक्रम बहिष्कार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्