Political Hightlights

पूर्वप्रधानन्यायाधीशमाथि अवहेलनाको मुद्दा लगाइएकोमा नेता सिटौलाको आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १६ गते १८:४१
पूर्वप्रधानन्यायाधीशमाथि अवहेलनाको मुद्दा लगाइएकोमा नेता सिटौलाको आपत्ति (भिडियो रिपोर्टसहित)

१६ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्व प्रधानन्यायाधीशहरुमाथि अवहेलना मुद्दा लगाइएको आपत्ति जनाउनुभएको छ ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा उपस्थित भएर लिखित जवाफ दिन भनेको अर्को दिन सिटौला चार जना पूर्व प्रधानन्यायाधीशरुको बचाउमा उत्रिनुभएको हो । काठमाडौंमा भएको कार्यक्रममा सिटौलाले पूर्व न्यायमूर्तिहरुले संविधानको व्याख्या गर्दा कसरी अवहेलना भयो भनेर प्रश्न समेत गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संसद विघटनलाई असंवैधानिक भनेपछि अवहेलना मुद्दा लागेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमलाई गलत भनेर संविधानको रक्षा गर्न पनि सिटौलाले सर्वोच्च अदालतलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएको भन्दै सिटौलाले कडा आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्