Political Hightlights

प्रचण्ड–नेपाल समूह पक्षीय अनेरास्ववियुद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

हिमालय टिभी
२०७७ माघ १६ गते १४:२२
प्रचण्ड–नेपाल समूह पक्षीय अनेरास्ववियुद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

१६ माघ २०७७ काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूह समर्थित अनेरास्ववियुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् ।

अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले तेस्रो चरणको आन्दोलन आगामी फागुन २ गतेसम्म चल्ने जानकारी दिनुभयो ।

यो चरणमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सामाजिक बहिस्कार गर्ने, उनीहरुका गाडी चल्न नदिनेलगायत कार्यक्रम हुनेछन् अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने मागसमेत गरेको छ ।

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा र्‍याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्