Political Hightlights

प्रचण्डले आलोपालो प्रधानमन्त्री छोड्दा पार्टी विभाजन भयोः वामदेव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १५ गते ६:२०
प्रचण्डले आलोपालो प्रधानमन्त्री छोड्दा पार्टी विभाजन भयोः वामदेव (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले आलोपालो प्रधानमन्त्री हुने सहमति प्रचण्डले छोडेका कारण पार्टी विभाजनको अवस्था आएको बताउनुभएको छ ।

पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा गौतमले गत वर्ष मंसिर ४ गते कार्यकारी अधिकार पाएपछि उत्साही भएर एकताको मुख्य आधार आलोपालो सहमति छोडेर केपी शर्मा ओलीलाई दिँदा विभाजनको बीउ रोपिएको बताउनुभयो । पार्टी फूटाउन ओली र प्रचण्ड बराबर जिम्मेवार रहेको गौतमको दावी छ ।

अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डले एकताको आधार छोड्दा ओलीले पनि अस्वीकार गर्नुपर्नेमा त्यसो नगरेको बताउनुभयो । पार्टी फूटेर चुनावमा जाँदा पनि जित्छु भन्ने प्रधानमन्त्री ओली लगायतका नेताको दावीलाई पनि गौतमले अस्वीकार गर्नुभयो । विभाजन भएर जाँदा चुनाव अर्को पार्टीले जित्ने गौतमले बताउनुभयो ।

प्रधानमन्त्रीबाट राजिनामा दिएर पार्टी एकता जोगाई नाम लेखाउने अवसर ओलीले गुमाएको गौतमको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्