Political Hightlights

वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

हिमालय टिभी
२०७७ माघ १४ गते ७:२९
वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

१४ माघ २०७७ काठमाडौं । पार्टी एकताको रक्षाका लागि भन्दै सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै हुनुहुन्छ ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि गौतम मौन बस्दै आउनुभएको थियो । गौतमले आज पार्टी एकता रक्षाका लागि नेतृत्वलाई दवाव दिने उद्देश्यले एकता अभियान घोषणा गर्न लाग्नुभएको हो ।
पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै गौतमको सचिवालयले त्यही माग र चाहनालाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गर्न लागिएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा दुईवटा चिरामा विभक्त भएको छ। गौतमले भने आफ्नो पक्षधरता प्रष्ट पार्नुभएको थिएन ।

निर्वाचन आयोगले टुक्रिएको नेकपालाई मान्यता नदिने निर्णय गरेपछि गौतमले एकता अभियानलाई तिब्रता दिन लाग्नुभएको हो । आज घोषणा हुने अभियानमा पूर्व एमाले र पूर्व माओवादीका केही नेता रहने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *