Political Hightlights

नेकपा प्रचण्ड–नेपाल समूहले आजदेखि माइतीघर मण्डलामा दिनहुँ धर्ना दिने

हिमालय टिभी
२०७७ माघ १४ गते ७:२४
नेकपा प्रचण्ड–नेपाल समूहले आजदेखि माइतीघर मण्डलामा दिनहुँ धर्ना दिने

१४ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि माइतीघर मण्डलामा दैनिक धर्ना दिने भएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलनको पहिलो दिन हिजो सिट्ठी जुलुश निकालेको थियो । आजदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरुसहितको दैनिक धर्ना कार्यक्रम हुने केन्द्रीय संघर्ष समितिका सह–संयोजक पम्फा भुसालले जानकारी दिनुभयो ।

आजदेखि शुरु हुने धर्ना कार्यक्रममा दैनिक पालैपालो नेताहरु सहभागी हुने छन् । त्यसैगरी, माघ १६ गते सहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ ।

माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुने र ती सभामा पार्टी अध्यक्ष तथा बरिष्ठ नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मशाल जुलुस तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा गरिने नेकपा प्रचण्डनेपाल समूहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्