Political Hightlights

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले जनायो आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते १७:००
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले जनायो आपत्ति (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला केही दिनयता दिएका सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

ओलीले प्रधानमन्त्री पदको गरिमा माटोमा मिलाइदिएको कडा टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले निकालेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले पदको गरिमालाई धुलिसात् बनाउँदै लगेको उल्लेख छ ।

प्रधानमन्त्रीको व्यवहारलाई कांग्रेसले दुःखद र लज्जास्पद भनेको छ । संसद् विघटनको विरोध गर्नेहरु देशविरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको भन्दै कांग्रेसले विरोध गरेको छ ।

संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन पनि कांग्रेसले प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ ।

कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु देशभक्तको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ ।सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेर प्रधानमन्त्रीले अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयास गरेको पनि कांग्रेसको ठहर छ ।

आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति र पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भएको कांग्रेसले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्