Political Hightlights

निर्वाचन आयोगको निर्णय अस्वाभाविक भएको नेकपा प्रचण्ड–नेपाल समूहको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १२ गते १३:१७
निर्वाचन आयोगको निर्णय अस्वाभाविक भएको नेकपा प्रचण्ड–नेपाल समूहको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । नेकपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयका विषयमा प्रचण्ड नेपाल समूहको प्रतिक्रिया आएको छ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आयोगको निर्णयलाई अस्वाभाविक भन्नुभयो । आयोग द्विविधामा बस्नुपर्ने अवस्था नभएको श्रेष्ठको भनाइ छ ।

निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको साविकको नेकपालाई नै मान्यता दिने र अलग समूहका रुपमा गरेका पछिल्ला निर्णयलाई वैधानिकता नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्