११ माघ २०७७ विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने अभिभारा अदालतको काँधमा पुगेको बताउनु भएको छ । उहाँले अदालतले संविधानका रक्षा नगरे देशको दुर्भाग्य हुने बताउनुभयो ।
विराटनगरमा भएको कार्यक्रममा नेता पौडलेलले घायल अवस्थाको संविधान बचाउन आफूहरुले पनि अपिल गर्ने बताउनुभयो । उहाँले अदालत पनि यही संविधानअन्तर्गत रहेकाले घायल अवस्थाको संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको पनि भएको बताउनुभयो ।
नेता पौडेलले अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सदर गरेको खण्डमा संविधानमाथि सबैभन्दा ठुलो प्रहार हुने जिकिर गर्नुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गदै संसद पुनर्स्थापना पार्टीको एजेन्डा भएकाले अब कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउने काम गर्न नहुनेमा जोड दिनुभयो
अर्का नेता डाक्टर मीनेन्द्र रिजालले विधिको शासन नमान्ने दुनियाँका निर्वाचित सर्वसत्तावादी सबै पराजित भएको इतिहास रहेको भन्दै ओली पनि पराजित हुने बताउनुभयो
उहाँले सभापतिले कांग्रेसले ओलीको कदमलाई अवैधानिक भनिसकेकाले सभापतिले चुनावको लागि तयारी बस्न भन्न नपाउने बताउनुभयो ।