Political Hightlights

संसद विघटन मुद्दामा कांग्रेसमा दुई लाइन छैनः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १० गते १७:०७
संसद विघटन मुद्दामा कांग्रेसमा दुई लाइन छैनः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनका विषयमा आफ्नो पार्टीभित्र दुई लाइन नरहेको दाबी गर्नु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग नेता पौडेलले आफ्नो पार्टीले चुनाव बहिष्कार गर्ने भनेको नभइ संविधानमा टेकेर चुनावमा जान चाहेको दाबी गर्नुभयो ।

दुई वटा प्रदेशमा नेकपाको प्रचण्ड–नेपाल पक्षले राखेको अविस्वास प्रस्तावमा कांग्रेस अनिर्णित भएका बेला वरिष्ठ नेता पौडेलले भने औली पक्षसँग मिल्न नहुने बताउनुभयो । प्रतिपक्षमा रहेको कांग्रेसले प्रदेशमा पनि त्यसको धर्म निभाउने बताउनुभयो।

नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई राजनीतिक निर्णय भनेकै आधारमा अदालत र जनताले नमान्ने पनि बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीको प्रतिगामी र संविधानविरोधी कदम सच्याउनुको विकल्प नरहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्