Political Hightlights

नेपाली कांग्रेसले आज देशका सबै वडामा विरोध प्रदर्शन र सभा गर्ने

हिमालय टिभी
२०७७ माघ ८ गते ७:२६
नेपाली कांग्रेसले आज देशका सबै वडामा विरोध प्रदर्शन र सभा गर्ने

८ माघ २०७७ काठमाडौं । संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले आज देशका सबै वडामा ¥याली र सभा गरेर विरोध गर्ने भएको छ ।

देशभरका ६ हजार सात सय ४३ वटै वडामा कांग्रेसले एक साथ संसद् विघटनको विरोध गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले हरेक घरघरबाट सहभागी भएर प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गर्नु भएको छ ।

हिजो विज्ञप्ति जारी गर्दै देउवाले संविधानमा भएको व्यवस्थाप्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको र आजको वडास्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन अपिल गर्नु भएको छ ।

यस्ता विरोध कार्यक्रममा कोभिड– १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, भ्रष्टाचार र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गर्न कांग्रेसले तल्ला निकायलाई निर्देश गरेको छ ।

पुस १९ मा बसेको केन्द्रीय समिति बैठकले विरोधका कार्यक्रम तय गरेको थियो । कांग्रेसले पुस २५ मा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा माघ ३ मा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ । त्यसअघि कांग्रेसले पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्