Political Hightlights

ओली प्रधानमन्त्रीको पदमा बस्न लायक छैनन्ः अध्यक्ष नेपाल (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ५ गते १७:४२
ओली प्रधानमन्त्रीको पदमा बस्न लायक छैनन्ः अध्यक्ष नेपाल (भिडियोसहित)

५ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको रुपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताउनुभएको हो । अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भए पनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले चुनाव नगराउने बताउनुभयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिनेगरी अघि बढ्ने बताउनुभयो । देशको प्रगतिका लागि आन्दोलनको विकल्प नभएकाले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उहाँको भनाई छ ।

उहाँले पार्टीको आधिकारिकता र सुर्य चिन्ह कसैले खोस्न नसक्ने दाबी पनि गर्नुभयो । केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सुर्य चुनाव चिन्ह लिएको जिकिर गर्दै उहाँले केही ओलीको त्यही चुनाव चिन्ह हुने र आफुहरुको सुर्य चिन्ह कसैले खोस्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्