Political Hightlights

राजनीतिक ‘कु’ रोक्न संसद विघटनः गृहमन्त्री थापा (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते १७:२४
राजनीतिक ‘कु’ रोक्न संसद विघटनः गृहमन्त्री थापा (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक ‘कु’ रोक्न सरकारले संसद विघटन गर्नु परेको बताउनु भएको छ ।

धनकुटामा नेकपाको ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलामा थापाले पार्टीभित्रकै नेतालाई प्रयोग गरेर नेतृत्वलाई अपदस्त गर्ने षडयन्त्र भएकाले संसद विघटन गर्नुपरेको दोहोर्‍याउनुभयो ।

गृहमन्त्री थापाले बाह्य हस्तक्षेप रोक्न आन्दोलन आवश्यक भएको समेत बताउनु भयो । केहीलाई चुनावमा जाँदा पराजित भइन्छ भन्ने डर देखिएको भन्दै उहाँले अदालतले सरकारको निर्णय सदर गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्