Political Hightlights
प्रधानमन्त्री ओलीले अदालतलाई धम्की दिएको नेता कोइरालाको आरोप
२०७७ माघ ३ गते १७:१९
३ माघ २०७७ काठमाडौं । नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले संसद विघटन सदर गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिइरहेको आरोप लगाउनुभएको छ ।
विराटनगरमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालले आफूले चालेका अलोकतान्त्रिक कदम सदर गर्न प्रधानमन्त्री ओली अदालतलाई धम्काउने काममा सक्रिय रहेको दाबी गर्नुभयो ।
नेता कोइरालाले अदालतले संसद विघटन मुद्दा सदर गरेपनि चुनावको सुनिश्चतताका लागि कांग्रेसले सडक छाडन नहुने बताउनुभयो । उहाँले वर्तमान सरकारमा सहभागी भएर कांग्रेस प्रधानमन्त्री ओलीको मतियार नबन्ने पनि बताउनुभयो ।
प्रतिक्रिया