Political Hightlights
ओली स्वयमले गल्ती स्वीकार गरिसकेकाले आन्दोलनमा डटेर लाग्न पौडेलको आग्रह (भिडियोसहित)
२०७७ माघ २ गते १३:५४
२ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री आफैले असंवैधानिक कदम भनेर स्वीकार गरेको भन्दै संसद् विघटन विरुद्ध उत्रिन सबैलाई अपील गर्नुभएको छ ।
भिडियो सन्देश जारी गर्दै पौडेलले संंसद विघटन गर्ने असंवैधानिक कदमको डटेर सामना गर्न सबैलाई अपील गर्नुभएको हो ।
पौडेलले संसद पुनर्स्थापनामा पनि जोड दिनुभएको छ । संसद् पुनर्स्थापना नभए अनर्थ हुने भन्दै पौडेलले त्यसका लागि सर्वोच्च अदालतसम्म आवाज पुर्याउनुपर्नेमा जोड दिनुभएको छ ।
भोलि शनिबार कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा विरोधसभा राखेको छ भने माघ ८ मा सबै वडामा विरोध प्रदर्शन छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गर्नुभएको छ ।
प्रतिक्रिया