Political Hightlights

निर्वाचन प्रकृया रोक्न प्रचण्ड–नेपाल समूहको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २७ गते १७:००
निर्वाचन प्रकृया रोक्न प्रचण्ड–नेपाल समूहको माग (भिडियोसहित)

२७ पुस, काठमाडौं ।  नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले चुनावी प्रक्रिया रोक्न माग गरेको छ ।

समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका नेताहरुको टोलीले निर्वाचन आयोग पुगेर सबै चुनावी प्रक्रिया तत्काल रोक्न माग गरेको हो । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा चुनावी गतिविधि हुँदा अदालत प्रभावित हुने भएकोले रोक्न माग गरिएको प्रचण्ड नेपाल समूहका नेता लिलामणि पोखरेलले जानकारी दिनुभयो ।

सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आयोगले पनि मतदाता नामावली अध्यावधिक गर्ने देखि मतदाता केन्द्रहरुको अवस्थाबारे जानकारी लिन सुरु गरेको थियो । तर प्रचण्ड नेपाल समूहले ती कार्यले अदालतलाई प्रभावित पार्ने भन्दै रोक्न माग गरेको हो । तर आयोगले भने निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा कानूनत आयोगले सुरुवाती काम गर्न सक्ने जवाफ दिएको छ । अदालत प्रभावित हुने अन्य कुनै काम नहुने आश्वासन आयोगबाट पाएको नेता पोखरेलले बताउनुभयो ।

नेकपाको आधिकारिकताको विषय पनि निर्वाचन आयोगमा विचाराधिन रहेको अवस्थामा प्रचण्ड नेपाल समूहले यसबारे पनि आयोगसँग छलफल गरेको छ । यसबाहेक नेकपासँग सम्बन्धित सबै कागजातको प्रतिलिपि पनि आयोगसँग मागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्