Political Hightlights
ज्ञवालीलाई लुम्बिनी र पौडेल गण्डकी प्रदेश इन्चार्ज नियुक्त
२०७७ पुष २० गते १९:०५
२० पुस, काठमाडौं । नेकपाको प्रचण्ड– नेपाल समूहले लुम्बिनीमा युवराज ज्ञवालीलाई लुम्बिनी र देवेन्द्र पौडेललाई गण्डकी प्रदेशको ईञ्चार्ज बनाएको छ ।
आज बसेको स्थायी कमिटी बैठकले शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङलाई हटाएर ज्ञवाली र पौडेललाई जिम्मेवारी दिएको हो । त्यस्तै तुलबहादुर गुरुङलाई गण्डकीको सह–ईञ्चार्ज र श्रीमाया थकालीलाई प्रदेश सचिव बनाएको छ । ओली समूहले यसअघि प्रचण्ड– माधव समूहका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।
प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने प्रचण्ड नेपाल समूहकै नेताहरु पहिलेदेखि इन्चार्ज छन् ।
आजको स्थायी कमिटी बैठक माधवुकमार नेपालको अध्यक्षतामा बसेको थियो । नेताहरुको जिम्मेवारी टुंग्याउन हिजो माधव कुमार नेपालको संयोजकत्वमा कार्यदल बनेको थियो ।
प्रतिक्रिया