Political Hightlights
नेकपा ओली समूहको कार्यकर्ता भेला काठमाडौंमा (लाइभ)
२०७७ पुष १८ गते १४:३५
१८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेला गरिरहेको छ ।
ओली पक्षको काठमाडौं जिल्ला कमिटीले काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भेला आयोजना गरेको हो । भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेललगायतले सम्बोधन गर्ने ओली समूहले जनाएको छ। काठमाडौं जिल्लाको दश वटै निर्वाचन क्षेत्रबाट र्यालीसहित कार्यकर्ता आउने नेकपाले जनाएको छ ।
प्रतिक्रिया