प्रदेश २ संसदीय दलका नेता मण्डललाई हटाउने नेकपा प्रचण्ड–नेपाल समूहको तयारी
१७ पुस २०७७ काठमाडौं । नेकपा लगभग विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।
ओली पक्षमा लागेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिनुभयो ।
प्रदेश २ मा नेकपाका ३२ जना सांसद छन् । यसमध्ये २० जना आफूहरुको पक्षमा रहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ । दलका नेता मण्डलविरुद्व पार्टीभित्र अविश्वासको प्रस्ताव दर्ता भइसकेको भन्दै सांसद महतोले आइतबार बस्ने बैठकले पदबाट हटाउने बताउनुभयो ।
प्रचण्ड–नेपाल समूहले मण्डलविरुद्व १७ जना सांसदको हस्ताक्षर गरी अविश्वासको प्रस्ताव अघि बढाएको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीको सरकार छ ।
यसअघि नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।
प्रतिक्रिया