Political Hightlights

प्रचण्ड र माधव नेपालले उठाए फेरि बयलगाडाको प्रसंग: भन्छन –ओली गणतन्त्र विरोधी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते २१:०२
प्रचण्ड र माधव नेपालले उठाए फेरि बयलगाडाको प्रसंग: भन्छन –ओली गणतन्त्र विरोधी (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गणतन्त्र र संघीयताप्रतिको निष्ठामाथि हिजोसम्मका सहयात्रीले गम्भीर प्रश्न उठाएका छन । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री ओली गणतन्त्र विरोधी भएको आरोप लगाउनुभएको हो ।

संसद विघटनका विरुद्ध काठमाडौंमा भएको सभामा प्रचण्डले ओली सच्चिएको ठानेर आफूले गल्ती गरेको भन्दै माफी माग्नुभयो । ओली प्रति निकै आक्रामक भएका प्रचण्डले ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाउनुभयो ।

प्रचण्ड नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले ओली पहिले देखिनै गणतन्त्र विरोधी भएको आरोप लगाउनुभयो ।

राजतन्त्र विरोधी आन्दोलनका क्रममा ओलीले तत्कालीन एमालेको बैठकमा ओलीले गणतन्त्र ल्याउँछु भन्नु बयलगाडा चढेर अमेरिका जानु जस्तै हो भनेर बोल्नुभएको थियो । र, त्यो विषयलाई प्रचण्ड र नेपालले डेढ दशकपछि फेरि उचाल्नुभएको हो ।

ओलीले भने एमालेको शक्तिले मात्रै गणतन्त्र आउन सक्दैन भन्ने अर्थमा आफूले त्यस्तो बोलेको बताउँदै प्रष्टिकरण दिँदै आउनुभएको छ । तर पछिल्लो कदमसँगै ओलीमाथि धेरैले प्रश्न उठाईरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्