Political Hightlights

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहको देशभर प्रदर्शन

हिमालय टिभी
२०७७ पुष १४ गते १५:०६
संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहको देशभर प्रदर्शन

१४ पुस २०७७ काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले आज देशव्यापी प्रदर्शन गरेको छ ।

सरकारी कदमलाई असंवैधानिक भन्दै प्रचण्ड–नेपाल समूह सडकमा उत्रेको हो । यो समूहले अहिले देशभरका मुख्य शहरमा प्रदर्शन र सभा गरिरहेको छ । काठमाडौंको भृकुटी मण्डपमा आयोजित सभामा नेकपाका शीर्षस्थ नेता सहभागी भएका छन् । सभाअघि उपत्यकाका विभिन्न स्थानमा जुलुस निकालिएको थियो ।

बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथली, बागबजार, टोखा लगायतका स्थानबाट निस्किएका जुलुस प्रदर्शनीमार्गमा जम्मा भएपछि सभा शुर भएको हो ।

सभामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका शिर्षस्थ नेताले सम्बोधन गर्नुहुने बताइएको छ ।

प्रदर्शनमा सहभागीले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारावाजी गरेका छन् । पोखरा, विराटनगर, वीरगंज, चितवन लागयतका शहरमा पनि अहिले प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्