Political Hightlights

चुनाव कि संसद पुनर्स्थापना: कांग्रेस नेताका फरक-फरक धारणा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १३ गते २०:३४
चुनाव कि संसद पुनर्स्थापना: कांग्रेस नेताका फरक-फरक धारणा (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । कांग्रेसले प्रदर्शनका लागि आज देशभरी नै केन्द्रीयस्तरका नेता खटाएको थियो । यसरी खटिएका नेताले पार्टीको भावी रणनीतिलाई लिएर फरकफरक धारणा राखेका छन् । प्रधानमन्त्रीको चुनावी जालमा फस्न नहुने वरिष्ठ नेता रामचन्द्र पौडेल मत छ । नेता शेखर कोइरालाको धारणा भने सर्वोच्चको फैसलापछि चुनाव हुने अवस्था आए कांग्रेस तयार हुनुपर्छ भन्ने छ । युवा नेता प्रधानमन्त्री ओलीप्रति बढी आक्रोशित देखिएका छन् ।

भक्तपुरमा भएको विरोधसभामा सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णय पार्टीलाई मान्य हुने बताए पनि उपत्यकाबाहिरका कार्यक्रममा शीर्ष नेताले फरक अभिव्यक्ति दिएका छन । गृहजिल्ला तनहुँ पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारले चुनाव गराउने नियतले संसद विघटन नगरेको भन्दै आन्दोलन र संसद पुनर्स्थापनामा जोड दिनुभयो ।

तर विराटनगरमा भएको कार्यक्रममा नेता शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्चले सदर गरिदिए निर्वाचनमा जाने बताउनुभयो । कांग्रेसले ओलीको कदमको विरोध गरेजस्तो गरेर भित्रभित्रै चुनावको तयारी गर्नुपर्ने कोइरालाको आशय छ ।

नेपालगञ्जमा भएको कार्यक्रममा नेता गगन थापाले ओलीको कदमले संविधानको जग नै हल्लाइदिएको बताउनुभयो । जनताको घोर अपमान कुनै पनि हालतमा सैह्य नहुने थापाको टिप्पणी छ ।

दुई तिहाइ नजिकको मत पाउँदा ओली मनलाग्दी गर्दै जाने प्रमुख प्रतिपक्षी संवैधानिक अंगमा हिस्सेदारी खोज्ने गरिरहेकै थियो । पछिल्लो समय ओलीको कदमविरुद्ध कांग्रेस बोल्न नसक्दा यही सरकारमा सहभागी हुने अड्कलबाजी पनि हुने गरेको छ । तर नेता कोइरालाले भने त्यसलाई खण्डन गर्नुभयो ।

संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएको भने पनि कांग्रेसले ओली सरकारको चर्को विरोध गर्न सकिरहेको छैन । ओलीको कदम गलत पनि भन्ने निर्वाचनमा पनि जानु पर्छ भन्ने कतिपय नेताको मत छ । तर धेरैले भने संसद पुनर्स्थापनाका आन्दोलन चर्काउनुपर्ने बताइरहेका छ । केन्द्रीय समिति बैठकमा देखिएको विभाजित मत सडकमा पनि झल्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्