Political Hightlights

हामी अदालतलाई तर्साउँदैनौं, उसले गर्ने फैसला मान्य हुन्छः सभापति देउवा

हिमालय टिभी
२०७७ पुष १३ गते १८:२७
हामी अदालतलाई तर्साउँदैनौं, उसले गर्ने फैसला मान्य हुन्छः सभापति देउवा

१३ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकोले अदालतको फैसला नेपाली कांग्रेसलाई मान्य हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले गरेको विरोध सभामा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक तथा अप्रजातान्त्रिक कदमको रुपमा पार्टीले ठम्याएको बताउनुभयो ।

उहाँले प्रतिनिधि सभाको विघटनको विरोधमा देशभर प्रदर्शन गरिए पनि अदालतले गर्ने निर्णय स्वीकार गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । हाम्रो पार्टीले सधै अदालतलाई सम्मान गरेको छ । अदालतलाई धम्क्याएर यो निर्णय गर, तर्साएर अदालतलाई निर्णय गर्ने काम कहिल्यै गर्दैनौ । हाम्रो इच्छाविरुद्ध होस् कि इच्छा अनुसार होस् । अदालतको निर्णय स्वीकार गर्छौ । अदालतलाई कुनैपनि किसिमको हस्तक्षेप, धम्क्याउने, तर्साउने हामी गर्दैनौ । अदालतलाई स्वविवेकले निर्णय गर्ने अधिकार छ । अदालतको निर्णय पर्खन्छौँ ।’

सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध पार्टी एक्लैले विरोध प्रदर्शन गर्ने सभापति देउवाको भनाइ छ । कांग्रेसले निरन्तर विरोधको कार्यक्रम गर्ने र विरोधको आगामी कार्यक्रम केन्द्रीय कमिटी बैठक बसेर बनाउने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्