Political Hightlights

अदालतले संसद विघटन बदर नगरे जनताको आन्दोलनले गर्छ- प्रचण्ड नेपाल समूह (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १२ गते २०:४२
अदालतले संसद विघटन बदर नगरे जनताको आन्दोलनले गर्छ- प्रचण्ड नेपाल समूह (भिडियोसहित)

१२ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले देशभर जिल्लास्तरीय कार्यकर्ता भेला गरेको छ ।

जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै केन्द्रीय नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आन्दोलनबाटै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने दावी गरेका छन् ।

अदालतले नगरे जनविद्रोहबाट प्रतिनिधिसभा ब्यूँताउने उनीहरुको उद्घोष छ । रुपन्देही जिल्लाको भेलामा नेता घनश्याम भुसालले प्रतिनिधिसभा विघटन संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको बताउनुभयो ।

विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहनाविपरीत गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको भन्दै भुसालले अदालतले नगरे जनताको आन्दोलन र विद्रोहले संसद पुनर्स्थापना गरेरै छाड्ने बताउनुभयो ।

नेपालगञ्जमा भएको बाँके स्तरीय जिल्ला भेलामा अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले संबिधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले जनताप्रति बिश्वासघात गरेको बताउनुभयो । प्रचण्ड नेपाल समूह नै नेकपाको मुलधार भएको र सुर्य चिन्ह पनि आफ्नै समुहले पाउने उहाँको दावी छ ।

चितवनको भेलामा बोल्दै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले सरकारलाई साथ दिने आशंका व्यक्त गर्नुभयो । कसैको अनुहार हेरेर निर्णय गरिए कोही पनि सुरक्षित नरहने भन्दै अदालतलाई त्यस्तो कदम नचाल्न चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीमा कम्युनिष्ट चरित्र र शैली बाँकी नरहेको र प्रतिक्रियावादी शैलीकै कारण देश समस्यामा परेको पाण्डेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्