नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै
९ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ ।
आजको बैठकले संसद विघटनविरुद्ध राष्ट्रिय एकता र मेलमिलाप दिवसका दिन देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गर्नेछ । यसअघि हिजो बसेको बैठकमा बोल्ने नेताहरुले संसद विघटनविरुद्ध सडकमा जान ढिलाइ गर्न नहुने धारणा राखेका थिए।
असंवैधानिक कदम सच्याउन कांग्रेस आफ्नै बलबुताले सडकमा जानुपर्ने उनीहरुको भनाइ थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेको र यो असंवैधानिक भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।
तर, यस बारेमा पार्टीका शीर्ष नेताबीचमा कुरा मिलेको छैन । तत्काल आन्दोलन गर्ने कि नगर्ने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मतभेद छ । हिजोको बैठकमा पनि देउवा र पौडेलबीच चर्काचर्की भएको थियो ।
प्रतिक्रिया