Political Hightlights
संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौंः अध्यक्ष प्रचण्ड
२०७७ पुष ८ गते १७:१९

८ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने दावी गर्नुभएको छ ।
संसदीय दलको नेता चयन भएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले अब आफ्नो ध्यान संसद पुनर्स्थापना गरेर सरकार बनाउनेमा केन्द्रीत रहेको बताउनुभयो ।
संसद पुनर्स्थापना हुने प्रचण्डको विश्वास छ । सबै राजनीतिक दलको सहयोग लिएर आफू अघि बढ्ने पनि प्रचण्डले बताउनुभयो । दलहरुसँग इमान्दारितापूर्वक सहकार्यको प्रयास गर्ने प्रचण्डको प्रतिबद्धता छ ।
संसदीको दलको बैठकमा सांसदहरुलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभयो । यसका पछाडि ठूलै षड्यन्त्र रहेको र त्यो खुल्दै जाने प्रचण्डको दावी छ ।
प्रतिक्रिया