Political Hightlights

नेकपा ओली समूह प्रदेशगत भेला र प्रशिक्षणको तयारीमा

हिमालय टिभी
२०७७ पुष ८ गते १३:१९
नेकपा ओली समूह प्रदेशगत भेला र प्रशिक्षणको तयारीमा

८ पुस २०७७ काठमाडौं । पार्टी एकता थप सुदृढ गर्ने भन्दै केन्द्रीय कमिटी विस्तार गरेको सत्तारुढ नेकपाको ओली समूहले प्रदेशगत भेला र प्रशिक्षणको तयारी थालेको छ ।

ओली पक्षले सातै प्रदेशमा समानान्तर गतिविधि सञ्चालनका लागि नेताहरुलाई जिम्मेवारी दिएको हो । ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा सातै प्रदेशमा कार्यगत प्रशिक्षण संचालनका लागि जिम्मेवारी तोकिएको जनाउनुभएको छ ।

जस अनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई खटाइएको छ । यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई खटाउने निर्णय भएको छ ।

लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटाले प्रशिक्षणको जिम्मेवारी पाउनुभएको छ । गण्डकी प्रदेशमा हुने प्रशिक्षणमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल खटिनुहुनेछ ।

वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याललाई खटाइएको छ । प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो खटिनु भएको छ ।

प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फे खटिनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । योसँगै हिजो प्रचण्ड–नेपाल समूहमा पुग्नुभएका महासेठ ओली समूहमा लाग्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्