Political Hightlights

नेकपा विभाजनको अवस्थामा को कता ? पूर्वएमाले आधाआधा, पूर्वमाओवादी ?

हिमालय टिभी
२०७७ पुष ७ गते १८:५२
नेकपा विभाजनको अवस्थामा को कता ? पूर्वएमाले आधाआधा, पूर्वमाओवादी ?

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको स्थितिमा पूर्व एमालेमा आधा आधा जस्तो देखिएको छ भने पूर्व माओवादीका थोरै मात्रै नेता केपी ओलीको पक्षमा लागेका छन् । केही नेता अहिले पनि अन्यौलमा देखिएका छन् ।

पूर्व माओवादी समूहका लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओलीको पक्षमा लाग्नुभएको छ । तीनै जना स्थायी कमिटी सदस्य हुनुहुन्छ । पूर्व माओवादीबाट ओलीको पक्षमा लाग्ने रायमाझी सबैभन्दा माथिल्लो वरियताको नेता हुनुहुन्छ ।

यस्तै नेकपाका उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल भने अझै दुवैतिर खुल्नुभएको छैन । दुवै जना आज दुवै गुटका बैठकमा सहभागी हुनुभएन । दुवै नेताले दुवै पक्षसँग केही दिन मागेका छन ।

बादल निकट केन्द्रीय सदस्य सूर्य सुवेदीले पार्टी विभाजन भैसकेको भन्दै दुई पार्टीलाई शुभकामना दिँदै अहिलेको अवस्थामा कतैतिर नलागेको जानकारी दिनुभएको ।

फेसबुकमार्फत सुवेदीले आफ्नो समूह छिटै निर्णयमा पुग्ने जानकारी दिनुभएको छ । पहिले ओलीको पक्षमा लागेको चर्चा गरिएको हरिबोल गजुरेल र रघुवीर महासेठ भने प्रचण्ड–नेपालको पक्षमा उभिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्