Political Hightlights

नेकपा बहुमत पक्षको केन्द्रीय कमिटी बैठक जारी, ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने तयारी

हिमालय टिभी
२०७७ पुष ७ गते १५:१३
नेकपा बहुमत पक्षको केन्द्रीय कमिटी बैठक जारी, ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने तयारी

७ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सदस्यको केन्द्रीय कार्यसमिति बैठक अहिले बसिरहेको छ ।

बबरमहलको कार्की बैंकिटमा जारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीबारे छलफल भइरहेको छ ।

केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटीले ओलीमाथि गर्ने कारवाही सम्बन्धि प्रस्ताव तयार पारेको थियो । सोही प्रस्ताव केन्द्रीय कमिटीमा छलफल भइरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष केन्द्रीय कमिटीमा बहुमतमा छ । बैठकले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता नेपाललाई उक्त पदमा लैजाने गरी प्रस्ताव पारित गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्