Political Hightlights
ताजा जनादेशमा जानु अहिलेको उत्तम विकल्पः राप्रपा अध्यक्ष थापा
२०७७ पुष ७ गते १४:५५
७ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु अहिलेको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले अहिलेको भ्रष्ट नेतृत्व, कुशासनबाट देशलाई मुक्त गर्न ताजा जनादेशमा जानुपर्ने बताउनु भएको हो । संसद विघटनको वैधानिकताको परीक्षण, निरुपण र व्याख्या सर्वोच्च अदालतले गर्ने उहाँको भनाइ छ ।
त्यस्तै घोडा व्यापार र फोहरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृंखला शुरू गर्नु भन्दा विगतको गलत अवधारणा तथा मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प अनि अवसर भएको उहाँको भनाइ छ ।
यस अघि थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्नु भएको थियो ।
प्रतिक्रिया