Political Hightlights

ओली पक्षले पार्टी नफुटाउने, कसैलाई कारबाही पनि नगर्ने

हिमालय टिभी
२०७७ पुष ७ गते १२:५३
ओली पक्षले पार्टी नफुटाउने, कसैलाई कारबाही पनि नगर्ने

७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताउनुभएको छ ।

चैत्रमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अहिले कोही कसैलाई कारबाहीको आवश्यकता नभएको बताउनुभयो ।

प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने कसैलाई कुनै प्रकारको कारबाही नगर्ने बताउनुभएको हो । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले आफु पार्टी फुटको पक्षमा नरहेको दाबी गर्नुभएको सहभागी नेताले बताएका छन् ।

ओलीले महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नेसमेत बताउनुभएको छ । सम्बोधनका क्रममा अध्यक्ष ओलीले आगामी महाधिवेशनबाट नेतृत्व लिन तयारी अवस्थामा रहन युवा नेतालाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्