Political Hightlights

संसद विघटन संविधानमाथिको आक्रमण भएको नेकपासहित प्रमुख तीन दलको निष्कर्ष (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष ६ गते १८:५९
संसद विघटन संविधानमाथिको आक्रमण भएको नेकपासहित प्रमुख तीन दलको निष्कर्ष (भिडियोसहित)

६ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद विघटन संविधानविपरीत भएको भन्दै संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकलेको हो । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो ।

संसद विघटनको निर्णयविरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडी बढ्ने समझदारी पनि भएको उहाँले बताउनुभयो । मंगलबार तीनवटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उहाँले बैठकपछि पुनः बैठक बसेर आगामी कार्यक्रम घोषणा गरिने बताउनुभयो ।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध तीनवटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठकपछि आगामी दिनमा सरकारको यो कदमविरुद्ध कसरी अगाडी बढ्ने भन्ने कुरामा सहमति भएको बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटनको घोषणा गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपति भण्डारीले हिजो संसद विघटनको घोषणा गर्दै नयाँ निर्वाचन मिति तय गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्