६ पुस २०७७ काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोलि बिहान ९ बजे केन्द्रीय समिति बैठक बस्ने तय भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि भोलि दिउँसो एक बजे बैठक बोलाएको छ ।
प्रचण्ड–नेपाल समूहको बैठक बस्नु चार घण्टा अघि ओलीले बैठक बोलाउनु भएको हो । प्रचण्ड–नेपाल समूहले हिजो बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षसमेत रहेका ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने निर्णय गरेको थियो।
तर ओली पक्षले भने त्यो विधानअनुसार स्थायी कमिटी बैठक नभएको बताउँदै आएको छ। ओली र प्रचण्ड–नेपाल पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्न केन्द्रीय समिति बैठक डाकेको बुझिएको छ।